बाख्राले बाली खाएको रिसमा गोली हानेर छिमेकीको हत्या !

विराटनगर– भोजपुरमा बाख्राले बाली खाएको विषयमा विवाद हुँदा गोली हानेर एक जनाको हत्या गरिएको छ।
हत्या आरोपमा टेम्केमैयुङ गाउँपालिका–४, नागीका ६५ वर्षीय मणिप्रसाद राई पक्राउ परेका छन्। स्थानीय ६३ वर्षीय राजकुमार राईको हत्या गरेको आरोप उनीमाथि छ।
राजकुमारले शुक्रबार साँझ मणिप्रसादलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।
उनीहरुबीच बाख्राले बाली खाएको विषयमा विवाद भएको थियो। सोही क्रममा मणिप्रसादले बन्दुक झिकेर ल्याई गोली हान्दा राजकुमारको घटनास्थलमै मृत्यु भएको थियो।
घट्नाको जानकारी पाएपछि पुगेको प्रहरीले बन्दुकसहित मणिप्रसादलाई पक्राउ गरेको छ।
प्रतिक्रिया