सप्तरीमा मोटरसाईकल चेक गर्दा पेस्तोल भेटिएपछि २ जना पक्राउ

राजविराज– सप्तरीबाट प्रहरीले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ। खडक नगरपालिका–८, भदियाबाट शुक्रबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सप्तरीकै सुरुङ्गा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बमबहादुर तामाङ छन्।
प्रहरीका अनुसार उनीहरूका साथबाट एउटा पेस्तोल, २ राउन्ड र म्यागजिन बरामद भएको छ। उनीहरू सवार स६प ५९०८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा हतियार फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया