भरतपुरमा ४ वटा सवारी साधन आपसमा ठोक्किदा १ जनाको मृत्यु, ७ जनाको अवस्था गम्भिर

भरतपुर–  गएराती चितवनको भरतपुरमा भयंकर दुर्घटना भएको छ। राती करिव साढे १२ बजे नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपलिका–२९, सत्रकलोमा ४ वटा सवारी साधन एकैठाउँमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।

१६÷१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलीसकेको छैन। दुर्घटनामा ४ वटै सवारी साधनका चालकसहित २२ जना घाईते भएका छन्। उनिहरुको पहिचान भईसकेको छैन। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। घाइतेहरुको १८ जनाको कुरिनटारस्थित इच्छाकामना आधारभुत अस्पताल र ४ जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ जाँदा गरेको ना ७ ख ३२४८ नं.को बस, बिरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं. को बस र काठमाण्डौबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नं. को बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट