रक्सी खाएर मातेका युवकद्वारा आफनै ठुलीआमाको हत्या, भाग्न नपाउँदै पक्राउ
काठमाडौं– बझाङमा एक युवकले आफ्नै ठुलीआमाको हत्या गरेका छन्। बुङगल नगरपालिका–११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीले ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीको हत्या गरेका हुन।
मादक पदार्थ सेवन गरेका हरजितले मंगलबार राती कलुलीलाई कुटपिट गरेका थिए। सोही क्रममा उनको घट्नास्थलमै मृत्यु भएको थियो। कलुलीको मृत्यु भएपछि अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई राती नै पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी कुटपिट गर्दा कलुली देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ। घट्नाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया