काठमाडौंका सडकमा सुरु भयो ‘मापसे ट्राफिक’ को ट्युटी, हेर्दै रमाईलो
काठमाण्डौं– गृहमन्त्री रवि लामिछानेले घोषणा गरेको भोलीपल्टदेखिनै काठमाण्डौंका सडकमा ‘मापसे ट्राफिक’ले काम सुरु गरेका छन्।
मापसे र लापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक प्रहरीले स्वयंसेवक ट्राफिक बनाएर खटाउन सुरु गरेको हो। मापसे गरी सवारी चलाएका कारण विभिन्न स्थानबाट समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको जनाईएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठका अनुसार अनुसार सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको बताए।
सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा लापसे गरेका चालकलाई खटिईएको थियो। बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन्। उनीहरुले ट्राफिक ब्यवस्थापनमा सघाईरहँदा सर्वसाधारणलाई भने रमिता भएको थियो।
गृहमन्त्री लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए। त्यसको साटो मापसे लगायतका कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकको रुपमा खटाइने उनले बताएका थिए।