आफैंले शारीरिक सम्वन्ध राखेकी युवतीको भीडीओ बनाएर पैसाको बार्गेनिङ गर्ने युवक पक्राउ

काठमाडौं– एक युवतीसँग शारीरिक सम्वन्ध राखी त्यसको फोटो/भीडीओ बनाई पैसाको वार्गेनिङ गर्दै आएका युवकलाई काठमाण्डौंमा प्रहरीले पक्राउ गरेको छ।

आपराधिक लाभ लिने गरेको आरोपमा म्याग्दीको म्याग्दी नगरपालिका–५ का ३० वर्षीय सन्तोष किसानलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत सोमबार काठमाण्डौंस्थित कोटेश्वर क्षेत्रबाट पक्राउ परेका हुन।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका सन्तोषले शारीरिक सम्बन्धपछि गोप्य फोटो/भीडीओ बनाएका थिए। त्यसपछि त्यही फोटो र भीडीओ देखाउँदै ब्ल्याकमेल गर्दै युवतीसँग पटकपटक पैसा मागेको खुलेको छ।

सन्तोष र ती युवतीका बीचमा सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो। पछि सम्बन्ध गाढा हुँदै गएपछि उनीहरुले शारीरिक सम्बन्ध राखेको देखिन्छ। त्यस क्रममा सन्तोषले गोप्य रुपमा युवतीको फोटो तथा भिडियो पनि खिचे।

पछि तिनै गोप्य फोटो र भिडियो आफन्तलाई पठाइदिने धम्की दिएर पटकपटक रकम माग्ने र फेरि शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट