लुटपाटका लागि वृद्धाको हत्या, ५ जना छिमेकी पक्राउ
दमक– झापाको बिर्तामोडमा २० दिनअघि भएको ६७ वर्षीया वृद्धा विष्णुमायाँ विष्टको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। वृद्धाको हत्या लुटपाटका लागि भएको पनि प्रहरीले निस्कर्ष निकालेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिर्तामोड नगरपालिका–४ शिवनगरकी विष्टको हत्यामा संलग्न शिवनगरकै २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा–६ का ४३ वर्षीय धनबहादुर कामीलाई पक्राउ गरेको हो।
गंगा घट्नाको मुख्य व्यक्ति भएको सीआईबीको भनाइ छ। महेशले चोर्न जान सहयोग गरेको, वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेको, माझीले मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेको प्रहरीको दाबी छ।
विष्ट वैशाख २६ गते विहान घरमै मृत फेला परेकी थिईन। उनको टाउकोमा खन्ती (रड)ले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ।
उनीहरुले वृद्धाको हत्या गरी लुटेको सुनको हातमा लगाउने बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको छ।
यो पनि,
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
