खन्तीले टाउकोमा हानेर ६८ वर्षीया महिलाको हत्या गरेको आरोपमा २० दिनपछि २ जना पक्राउ, अपराध स्विकार

दमक– झापाको विर्तामोड–४, कालिकानगरकी ६८ वर्षीया विष्णुमायाँ विष्टको हत्यामा संलग्न रहेका २ जनालाई प्रहरीले २० दिनपछि पक्राउ गरेको छ।

बिर्तामोडकै गंगा चौधरीसहित २ जना हत्या आरोपमा पक्राउ परेका छन्। उनीहरुको विषयमा विस्तृत जानकारी प्रहरीले दिएको छैन। तर, अपराध स्वीकार गरेको जनाएको छ। नातिसँग बस्दै आएककी विष्णुमायाँ घट्ना भएको (२६ वैशाख) दिन घरमा एक्लै थिईन। त्यो दिन नाति आफन्तको घरमा गएका थिए।

उनका जेठा छोरा अमेरिका र कान्छो छोरा काठमाडौंमा थिए। विष्णुमायाँ २६ बैशाखको विहान मृत अवस्थामा फेला परेकी थिईन। स्थानीयका अनुसार अघिल्लो राती करिव ११ बजे उनले ‘चोर आयो‘’ भन्दै छिमेकी गुहारेकी थिईन। छिमेकीहरु जम्मा भएपछि उनले चोर आएको जानकारी गराईन।

छिमेकीहरुले लाईट बालेर सवैतिर खोजी गरे। तर, चोर फेला परेन। त्यसपछि उनीहरु आआफ्नो घर गए। घर फर्किपछि पछि छिमेकीहरुले उनको हालचाल वुझ्दै गरे। राती करिव १२ बजेपनि उनलाई छिमकीहरुले फोन गर्दा उनले ‘म ढोका लगाएर सुतिसकेँ’ भन्दै जवाफ दिईन। तर विहान हेर्न जाँदा विष्णुमायाँको शव फेला परेको थियो।

रगतमा लतपतिएको र कोल्टे परेको अवस्थामा उनको शव फेला परेको थियो। उनको टाउकोमा खन्तीले हानेर हत्या गरिएको प्रहरीले जनाएको थियो। प्रहरीका अनुसार घरमा लुटपाट भएको पाईएको थियो। घटनाको अनुसन्धानका लागि प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर समेत मगाएको थियो। कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत गरेपछि त्यसपछि अल्मलिएको थियो।

सिआइबी, प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घट्नाको संयुक्त रुपमा अनुशन्धान गरिरहेका छन्। घटनास्थलबाट केही प्रमाण पनि बरामद भएको जनाईएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट