काठमाडौंबाट ईटहरी जाँदै गरेको हायस उदयपुरमा पल्टियो, १० जना घाईते (नामसहित)

राजविराज– मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७, सिरुटारमा सोमबार हायस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

काठमाडौंबाट ईटहरी जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस कालीखोला नजिकै सडकमै पल्टिएर दुर्घटना भएको हो। हायसमा सवार १४ जना मध्ये १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको रामधुनी नगरपालिका–२ झुम्काका ५३ वर्षीय होमनाथ ओझा, रामधुनी–१, झुम्काका ४० वर्षीय नरेन्द्रकुमार चौधरी, रामधुनी–४, लालपुरका ७० वर्षीया राधा कार्की, रामधुनी–२ झुम्काका योगेन्द्र कार्कीकी छोरी १७ वर्षीया अनिसा कार्की, सोहि ठाउँकी ७० वर्षीया अमृतमाया कार्की घाईते भएका छन्।

यसैगरी हायसका चालक रामधुनी–४ मानपुरका ३९ वर्षीय टंक श्रेष्ठ, सह चालक इटहरी–१७, कान्छीचोकका २३ वर्षीय सन्तोष बुढाथोकी, ईटहरी–५, सिमरवानाका ३२ वर्षीय रवि पाण्डे, धरान उपमहानगरपालिका–५, ठिङ्गाबारीका २९ वर्षीय डिल्लीकुमार लिम्वु र मोरङको रतुवामाई नगरपालिका–५, घोपाबादका ४५ वर्षीय होमनाथ अधिकारी घाईते भएको उदयपुरका एसपी मनोजकुमार थापाले जानकारी दिए।

घाइते सवैलाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान पठाईएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट