नेपाली सेनाका अमल्दारद्वारा श्रीमतीको हत्या

काठमाण्डौं– नेपाली सेनामा कार्यरत सल्यानको कपुरकोट घर भएका ३६ वर्षीय शालिकराम वुढाथोकीले श्रीमतीको हत्या गरेका छन्।

नेपाली सेनाको ज्वालादल गण बारामा अमल्दार पदमा कार्यरत बुढाथोकी दाङको तुलसीपुरका उपहानगरपालिका–६, राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरेर बस्दै आएका थिए।

उनले डेरा बसेको कोठामै श्रीमती २७ वर्षीया टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलले वताए।

शुक्रबार बिहान करिव पौने ९ वजे शालिकरामले श्रीमतीको हत्या गरेको खुलेको उनको भनाई छ। शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट