सम्वन्ध विच्छेद भईसकेकी श्रीमतीको कोठामा सुटुक्क पुगेपछि…

काठमाण्डौं– दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदार शालिकराम वुढाथोकीले श्रीमती २७ वर्षीया टीका रावतको हत्या गरेपछि उनीहरुका ७ वर्षीय छोराको भने विचल्ली भएको छ।

ज्वाला दल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुका ७ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ। सल्यानको कपुरकोट ६ घर भई तुलसीपुर उपमहानगरपालिका– ६ राप्ती टोलमा डेरा गरी बस्दै आएका वुढाथोकी र रावतको दस दिनअघि मात्रै सम्बन्ध बिच्छेद भएको खुलेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार बुढाथोकी एक महिनाअघि मात्रै शान्ति मिसनबाट फर्किएका थिए। त्यसपछि जिल्ला अदालत सल्यानबाट १४ जेठमा उनीहरुको सम्बन्धबिच्छेद भएको थिए।

शुक्रबार बिहान भने शालिकराम टीका बस्ने कोठामा सुटुक्क पुगेका थिए। त्यहाँ उनले टीकालाई अर्कै पुरूषसँग देखेपछि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। वुढाथोकीले सवैभन्दा पहिला टिकासँग भेटिएका २९ वर्षीय आर्यन थापालाई खुकुरी हानेका थिए।

तुलसीपुरको १९ नम्बर बाहिनीमा कार्यरत सेनाका जवान थापा अन्धाधनुन्ध खुकुरी प्रहार भएपछि भागेका थिए। उनको टाउको, हात र छातीमा चोट लागेको छ। आर्यन खतरामुक्त रहेको र प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आर्यनमाथि खुकुरी प्रहार भएपछि टीका कोठाबाट भागेर छिमेकीको घरमा लुक्न पुगेकी थिईन। खोज्दै गएका शालिकरामले उनलाई फेला पारी घाँटी लगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ।

श्रीमतीको हत्या गरेपछि उनी खुकुरी लिएरै हिँडिरहेका थिए। प्रहरीले उनलाई उच्च अदालत तुलसीपुर नजिकबाट पक्राउ गरेको हो। उनले टीकाको हत्या गरेको प्रहरीसामु स्वीकार गरिसकेका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट