गस्तीमा रहेको मोटरसाईकल दुर्घटना हुँदा असईसहित २ प्रहरीको मृत्यु

सिन्धुली– सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका असईसहित दुई प्रहरीको मृत्यु भएको छ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका उनीहरु फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेका थिए।

दुर्घटनामा कमला नगरपालिका–९ निवासी असई रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार तनहुँको भिमादनगरपालिका–७ का प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो।

सोल्पाडाँडाबाट गस्ती गर्दै पुनःप्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा असई ठाकुरले चलाएको मोटरसाइकल आइतबार अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार असई ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते श्रेष्ठलाई काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट