एलिना चौहानलाई पतिले भकुरेकी भाईरल हुने काम ? अनुहारभरी देखियो कुटपिटको डाम (भीडीओसहित)

काठमाडौं– हालसालै प्रेमी विष्णु सापकोटासँग विवाह गरेर अस्ट्रेलियामा रहेकी गायिका एलिना चौहानले रुँदै बनाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।

एलिनाले बनाएको भिडिओ इन्स्टाको रीलमा राखेकी छिन्। अनुहारमा राता ‘डामहरू’ देखाएर रोइरहेकी उनको भीडीओका कारण फ्यानहरू तरङ्गित भएका छन्। उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोष्ट गर्ने दुःखीत पोष्टका कारण पनि फ्यानहरु असमन्जस्यमा परेका हुन।

साङ्गीतिक करिअर उत्कर्षमा रहेको बेला पतीसँग अस्ट्रेलिया गएकी एलिनाको यो भिडिओ सत्य हो की भाइरल हुन बनाईएको हो भन्ने विषय खुलिसकेको छैन।

भिडिओसँगै उनले लेखेकी छिन् ‘एक सच्चा मानिसले तपाईलाई रिसाए पनि सम्मान गर्नेछ। याद राख्नुहोस्।’ यो क्याप्सन र गीत चयनका कारण भने भीडीओ बनाईएको आशंका छ। खासमा उनले अभिनय गरेर बनाएको भिडिओ हुनसक्छ।

कमेन्टमा भने कतिपयले श्रीमान–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन्। यसअघि पनि उनीहरुबीच ब्रेकअप भएको हल्ला चलेको थियो। तर, एलिनाले स्विकारेकी थिइनन्।

भीडीओ यहाँबाट हेर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट