ताप्लेजुङमा पहिरोमा परी गाउँपालिका उपाध्यक्षका बुबाआमासहित घरका ४ जनाको मृत्यु

विराटनगर– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ।

पहिरोमा परी फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा ६९ वर्षीय रामबहादुर लिम्बू, कान्छि आमा जसमाय र उनीहरुका छोरीहरू ९ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार रातको समयमा गएको पहिरोले एउटा घर बगाएको थियो। निद्रामा भएकाले उनीहरूले भाग्ने मौका नपाएको प्रहरीको आशंका प्रहरीको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट