नुहाउने क्रममा भेरी नदीमा डुवेर दुई जनाको मृत्यु

काठमाण्डौं– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, चोक्टेस्थित भेरी नदीमा डुवेर २ जनाको मृत्यु भएको छ।

नुहाउने क्रममा शनिबार वेपत्ता भएका विरेन्द्रनगर २ कै १७ वर्षीय भुपेन्द्र केसी र १९ वर्षीय विनोद केसी मृत फेला परेका हुन।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको गोताखोर टोलीले आईतबार दुवैको शव निकालेको छ।

शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट