सिरहामा कार्यक्रम स्थलमै प्रचण्डविरुद्ध नाराजुलस, गफ हाँक्न आएको भन्दै विरोध

लहान– चुरे संरक्षण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध कार्यक्रम स्थलमै नाराजुलुस भएको छ।

दाहाल आइतबार बिहान १० बजे सिरहाको मिर्चैया नगरपालिका ७ स्थित हिलपार्क क्षेत्रमा पर्ने चुरेको सिरानमा वृक्षारोपण गर्न पुगेका थिए। वृक्षारोपणपछि भाषण गर्ने कार्यक्रमलाई दाहालले सम्बोधन सुरु गरेपछि एउटा समुहले अचानक नाराबाजी थलेको थियो। मधेशमा चुरे तथा नदी खोलाको उत्खनन् श्रृंखला अन्त्य गर्न माग गर्दै काठमाडौं पुगेका आन्दोलनकारीहरु ७ जनाले नाराजुलुस गरेको खुलेको छ।

प्रधानमन्त्री सिरहा आउने थाहा पाएपछि रातारात काठमाडौंबाट आएका थिए। सरकारले काठमाडौंमा आफुहरुको कुरा नसुनेकोले तर, यहाँ आएर गफ दिएकाले विरोध गरेको उनीहरुले वताए।

चुरे दोहन रोक्न माग गर्दै सप्तरीबाट २५ दिन पदलै हिँडेर काठमाडौं पुगेका उनीहरुको काठमाण्डौं पुगेको पनि २५ दिन भइसकेको छ । उनीहरु काठमाडौंमा दिनहुँ आन्दोलन गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट