आफनो वकिलका भन्जालाई १ दिने एआईजी बनाउन रवि लामिछानेको तिकडम

काठमाडौं– पुराना पुस्ताको फोहोर सोहोरेर मुलकमा सुशासन कायम गर्ने चर्का नारा लगाएर उपप्रधान तथा गृहमन्त्रीसम्म बन्न भ्याएका रास्वपाका सभापति रवि लामिछाने आफनै कृयाकलापका कारण नाङ्गिने क्रम जारी छ।
लामिछाने नियम विपरितका कृयाकलापमा लिप्त भएको अर्को प्रकरण पनि वाहिर आएको छ। लामिछानेले आफना विवादित मुद्दाहरू प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तको दवावमा उनका भान्जा नाता पर्ने डिआइजी पोषराज पोखरेललाई एक दिने अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनाउन सिफारिस गराएका छन्।
असार १९ गते उमेशराज जोशी एआइजीबाट अवकाश पाएर पद रिक्त हुने भएपनि गृहमन्त्री लामिछानेको स्वार्थमा पोखरेललाई नियमविपरीत एआजीमा सिफारिस गरिएको हो। वढुवाका लागि गृहसचिव नेतृत्वको समितिले सिफारिस गर्ने ब्यवस्था छ।
बढुवाका लागि एक हप्ताअघि मात्र सिफारिस गर्नुपर्ने भएपनि प्रहरी महानिरिक्षक वसन्तराज कुँवर सोमबार बेलुका अमेरिका जाने भएपछि उनलाई समय अगावै सिफारिस गरिएको स्रोतले जनाएको छ। उसो त, पोखरेल पनि २१ असारमै उमेर हदका कारण अवकांश पाउँदै छन्। असार २० गते १ दिन एआइजी बनाउनका लागि गृहमन्त्री लामछानेको स्वार्थमा पोखरेललाई सिफारिस गरिएको हो।
पोखरेल हाल प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत छन्।