घाँटीमा चना अड्किएर ३ वर्षका बालकको मृत्यु

काठमाण्डौं– दाङमा घाँटीमा चना अड्किएर ३ वर्षीय बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका बालक राजेन्द्र घर्तीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो। बुधबार बेलुका ५ बजे विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएकाले उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालक निसास्सिएपछि उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पु¥याइएको थियो। तर, अस्पतालले मृत घोषणा गरेको इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।
प्रतिक्रिया