धनुषामा नुहाउन पोखरीमा गएका ३ बालिकाको डुवेर मृत्यु

जनकपुर– धनुषामा नुहाउन गएका ३ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
जिल्लाको धनौजी गाउँपालिका–५ स्थित बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार धनौजी गाउँपालिका–५, बहुअर्वाकी ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुनको डुवेर मृत्यु भएको हो।
मृत्यु भएका तीनै जना बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घट्नाको अनुशन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन आवाले जानकारी दिए।
प्रतिक्रिया