घरायसी सामान किन्न भारतीय वजार गएका ३ नेपालीको मोटरसाईकल दुर्घटनामा मृत्यु

काठमाण्डौं– घरायसी सामान किन्न भारतीय वजारमा गएका बाँकेका १ महिलासहित ३ जना नेपालीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ। ट्याक्टरसँग मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।

जानकारी अनुसार राप्ती सोनारी गाउँपालिका–१ का बनुवा नाका निवासी ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय लालबहादु बेसोउटी र २८ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो। बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको श्रीवस्ती जिल्लास्थित बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर भन्ने ठाउँमा दुर्घटना भएको जनाइएको छ।

उनिहरु सवार रा ४ प ७६५ नम्बरको मोटरसाइकल ट्याक्टरसँग ठोक्किएर दुर्घटनामा परेको राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा भारतीय अस्पतालमै मृत्यु भएको उनले बताए।

मृतक परिवारलाई क्षतिपूर्तिका विषयमा भारतीय प्रहरीसँग थप समन्वय गरिरहेको खड्काले वताए। उनका अनुसार उनीहरु घरायसी सामान किन्न भारतीय बजारमा गएका थिए।

दुर्घटनाको विषयमा भारतीय प्रहरीले बाँके प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट