बस्तीबाट रेलमार्ग बनाउन नदिने भन्दै सर्भे गर्न पुगेको कम्पनीको गाडीमा चितवनमा आगजनी

चितवन– घनावस्ती हुँदै रेलमार्ग बनाउन नदिने भन्दै विरोध गर्दै आएका स्थानीयवासीले बुधबार चितवनको भरतपुर महागनरपालिका– ७ मा पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न पुगेको कम्पनी (आरएच कन्सल्टेन्सी) को गाडीमा आगजनी गरेका छन्।

कन्सल्टेन्सीका प्रतिनिधिहरुले मंगलवार भरतपुर ८ मा सर्भे गरेको थिए भने आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २÷३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए। कन्सल्टेन्सीको बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी र उपकरण उक्त समुहले कब्जामा लिएको थियो।

घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै चरणवद्ध संर्घषका कार्यक्रम गर्दै आएका उनिहरुले बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने बताएका छन्। अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने उनीहरुको माग छ।

यो विवाद वढ्दै गएपछि केही समय अघि भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संर्घष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायका बीचमा छलफलसमेत भएको थियो। छलफलमा रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको स्थानीयको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट