पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमसहित ३ खेलाडीलाई ग्लोबल टी–२० प्रतियोगिता खेल्न दिएन

काठमाण्डौं– पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमसहित तीन जना खेलाडीलाई क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्न रोक लगाएको छ। जसमा शाहिन शाह अफ्रिदी र मोहमद रिजवान पनि परेका छन्।
बोर्डले पाकिस्तानको आगामी ८ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएको उल्लेख गर्दै तीन खेलाडीले मागेको नो अब्जेक्सन लेटर दिन अस्वीकार गरको हो।
बोर्डले आगामी आठ पहिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी–२० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आउँदो बर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेकोले उनीहरुको राष्ट्रिय टिममा बढी आवश्यकता रहेको जनाएको छ।
यस अघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो। आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने बोर्डले ग्लोबल टी–२० खेल्न अनुमति दिएको छ।
प्रतिक्रिया