गोरखामा पहिरोमा पुरिएर एकै परिवारका ३ सहित ५ जना बेपत्ता

काठमाण्डौं– गोरखामा पहिरो जाँदा एकै परिवारका ३सहित ५ जना बेपत्ता भएका छन्।
स्थानीयका अनुसार खोरखाको धार्चे–५ मा आज बिहान करिब तीन बजे खसेको पहिरोले एउटा कृषि फर्म र एउटा घर पुरेको थियो।
पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गोरखा प्रशासनले जनाएको छ।
गोरखाका सीडीओ भोला दाहालका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
प्रतिक्रिया