मध्यरातमा गाडी रोकेर मालिक र स्टाफमाथि कुटपिट, अपहरणमा परेका सहचालकको अबस्था अज्ञात

काठमाण्डौं– कैलालीको लम्की चुहा नगरपालिका– ९ का लोकेन्द्र चौधरी अपहरणमा परेका छन्। सोमबार राती करिव ११ बजेदेखि उनको अत्तोपत्तो छैन।

भे १ च ३७१४ नम्बरको गाडी (जिप) मा सहचालक रहेका चौधरीलाई चार/पाँच जनाको समुहले चिसापानी भन्ने ठाउँबाट अपहरण गरेको गाडी मालिक राम चौधरीले बताए। लोकेन्द्र अपहरणमा परेको प्रहरीले पनि पुष्टि गरेको छ।

रामका अनुसार मोहन्याल गाउँपालिकाको कचाली गाउँबाट दाउरा बोकेर फर्कदै गर्दा मापसे गरेका ४/५ जनाको समुहले गाडी रोकेर ढुङ्गामुढा गरेका थिए। त्यसपछि चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट समेत गरे।

उनीहरुको आक्रमणबाट गाडीको सिसा फुटेको तथा आफुसहित चालक र सहचालकलाई चोट लागेको उनले बताएका छन्। त्यसबेला गाडीमा आफुसहित चालक, सहचालक र मीन माझी नामका ब्यक्ति रहेको उनले वताए।

उनका अनुसार आफुसहित स्टाफमाथि कुटपिट हुन थालेपछि माझीले नै प्रहरीलाई फोन गरे। त्यसपछि उनीहरु मध्येकै एक जनाले ‘अब प्रहरी आउँछ, भागौंं’ भनेपछि सवैजना भागेको उनले बताए। उनीहरुले त्यसैवेला लोकेन्द्रलाई पनि लिएर गएको रामको भनाई छ।

प्रहरीले घट्नामा संलग्न मध्ये लम्कीचुहान नगरपालिका–३ चिसापानीका २३ वर्षीय नारायण शाहीसहित २ जनालाई पक्राउ गरेको छ। तर अन्य ३ जना र लोकेन्द्र अझै फेला नपरेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए। उनका सहचालक अन्य युवाहरूसँगै रहेको शाहीले बयान दिएका छन्।

कैलाली प्रहरीका एसपी पदमबहादुर बिष्टलेले दुई नम्बरी दाउरा ल्याएको भन्दै युवाहरुको समुहले गाडीबाट पैसा लिन खोजेको तर पैँसा नपाएपछि कुटपिट गरेको बुझिएको बताए। घट्नामा संलग्न बाँकी ३ जना र लोकेन्द्रको खोजी भईरहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट