४ जना चीनियाँ पर्यटक लिएर उडेको थियो डाईनेस्टीको हेलिकप्टर (लिष्टसहित)

काठमाण्डौं — नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरमा चालकबाहेक ४ जना चीनियाँ पर्यटक रहेको खुलेको छ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो। नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने तालिका थियो। तर, हेलिकप्टर दुर्घटनामा परेर आगो लागेको जनाईएको छ।

एसपी कोइरालाले हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको बताएका छन्। चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन्। हालसम्म चार जनाको शव फेला परेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट