डाईनेष्टीको हेलिकप्टर र क्याप्टेन मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलासा, दोस्रो दुर्घटना दुवैको अन्तिम
काठमाण्डौं– नुवाकोटमा बुधबार भएको हेलिकप्टर र क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ।
आज दुर्घटना भएको ९एन–एजेडी हेलिकप्टर २५ चैत ०७९ मा ह्याम्स अस्पतालमा अवतरणका क्रममा दुर्घटना भएको थियो। हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो। घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो।
यसैगरी, दुर्घटनामा ज्यान गुमाए क्याप्टेन मल्ल यसअघि १० असोज ०७० मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेका थिए। एयर डाइनेस्टीकै ९एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा मल्लसहित यात्रु दावाग्याल्जेन शेर्पा घाइते भएको खुलेको छ।
प्रतिक्रिया