वीरगन्जमा ज्वाईँ–ससुराको फाईट, ज्वाईँले गरे ससुराको हत्या

जनकपुर– पर्साको वीरगञ्जमा ज्वाइँ–ससुराबीच कुटपिट भएपछि ज्वाईँले ससुराको हत्या गरेका छन्।
आफनै ज्वाईँको आक्रमणमाा परी सोमबार वीरगञ्ज महानगरपालिका–७, रामटोलका ६५ वर्षीय सीताराम सर्राफको मृत्यु भएको हो।
सर्राफको हत्या गरेको अभियोगमा प्रहरीले सीतारामका ज्वाइँ बाराको कलैया उपमहानगरपालिका–१, राजदेवी टोलका ३१ वर्षीय साजन सर्राफ पक्राउ गरेको छ। उनी वीरगञ्ज–१०, प्रगती टोलमा डेरा गरी बस्ने आएका थिए।
प्रहरीका अनुसार उनीहरु बीच झैझगडा भएको थियो। कुटपिट हुँदा गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले बताए।
प्रतिक्रिया