अंश विवादमा टाउकोमा बन्चरोले हानेर बुबाको हत्या, २१ वर्षीय छोरा पक्राउ

काठमाण्डौं– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा गएराति २१ वर्षीय एक युवकले बन्चरो प्रहार गरी बुबाको हत्या गरेका छन्।
हरिहरपुरगढी–७, पन्चचौरी (लामपाते) का २१ वर्षीय अमृत घिमिरे विकले सुतिरहेका ५८ वर्षीय बुबा लालबहादुरको टाउकोमा बन्चरोले हानेका थिए। अमृत लालबहादुरका माईला छोरा हुन।
बुबाको हत्या गर्ने अमृतलाई बन्चरोसहित प्रहरीले नियन्त्रणमा लिएको छ। बुबा छोराबीच अंशको विषयमा विवाद हुँदै आएको बताइए पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले बताए।
प्रतिक्रिया