खोलामा डुवेका दुई बालिका बचाउन हेलिएका वृद्धको मृत्यु, १ बालिका अझै बेपत्ता

जनकपुर– सर्लाहीमा खोलाले बगाएकी बालिकाको उद्दार गर्न गएका एक वृद्धको बुधबार डुबेर मृत्यु भएको छ। बलरा नगरपालिका–१, मनुसमाराका ६० वर्षीय गजेन्द्र साहको डुवेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय अजय गिरीकी छोरी १२ वर्षीया निशाकुमारी र १५ वर्षकी पिंकीकुमारीलाई घाँस काट्न जाने क्रममा खोलाले बगाएको थियो।

त्यो देखेपछि स्थानीय गजेन्द्र साह बालिकाको उद्धार गर्न खोलामा पसेका थिए। तर उनी स्वयमको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ। दिदी बहिनीमध्ये १५ वर्षकी पिंकीकुमारी पौडी खेलेर बाहिर निस्केको र निशाकुमारी बेपत्ता रहेको डीएसपी श्रेष्ठले जानकारी दिए। बेपत्ता निशाको खोजी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट