उदयपुरको चुरे पहाडमा ब्रेक फेल भएर विंगर दुर्घटना हुँदा १ जनाको मृत्यु, २० जना घाईते

राजविराज– उदयपुरको चुरे जंगलमा ब्रेक फेल भएर आईतबार विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने २० जना यात्रु घाइते भएका छन्।
दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिका– ३ की ५० वर्षीया गीता कार्की (राउत) को मृत्यु भएको हो। उदयपुरको गाईघाटबाट सिरहाको लहान जाँदै गरेको ना .१ज ६२७९ नम्वरको विंगर चुरेमा पुगेपछि ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंका विंगरमा सवार २० जना यात्रु घाईते छन्। घाईते मध्ये चालक र सहचालकको अवस्था गम्भिर रहेकाले उपचारका लागि विराटनगर पठाईएको छ भने बाँकीको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको छ।
प्रतिक्रिया