मुलामा गाँजा मिसाउँदा प्रहरीको फन्दामा परे राजकुमार र भुपेन्द्र

इटहरी– मुलाको आबरणमा गाँजा तस्करी गर्ने दुई जनालाई सुनसरी प्रहरीले विहिबार १ हजार ४ किलो गाँजा लोड गरेको ट्रकसहित पक्राउ गरेको छ।
सुनसरी प्रहरीका एसपी विपिन रेग्मीका अनुसार कुल १ हजार ४२० किलो गाँजा लोड गरेको को १ ख ४७३३ नम्बरको ट्रकसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भूपेन्द्र राई पक्राउ परेका हुन।
धनकुटातिरबाट मुलामा मिसाएर गाँजा ल्याउँदै गरेको ट्रकलाई प्रहरीले विहान करिव ९ बजे धरान उपमहानगरपालिका–१३, सारङमा रोकेको थियो। खानतलासी गर्दा मुलाको बोरासँगै ४४ वटा बोरामा गाँजा फेला परेको एसपी रेग्मीले वताए।
पक्राउ परेका दुई जनाले ट्रकमा मुला ओसार–पसार गरेजस्तो देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ। उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।