श्रीमतीलाई विदेश पठाएर स्नुकर सञ्चालन गरी वसेका वान्तवाको हत्या आरोपमा एक युवा पक्राउ

काठमाण्डौं– काठमाण्डौं महानगरपालिका–१०, शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरका सञ्चालकको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

बाराको सिम्रौनगढ घर भई काठमाण्डौं– १० मा वस्दै आएका २२ वर्षीय एमके कुमारलाई प्रहरीले पक्राउ गरेको हो। स्नुकर एण्ड खाजा घरका सञ्चालक बाराका ४० वर्षीय रूपक बान्तवाको हत्या गरेको आरोप उनीमाथि छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंको टोलीले स्नुकर हाउसको आसपासमा रहेको डेराबाट पक्राउ गरेको हो। हत्याको कारण प्रहरीले खुलाएको छैन।

१० भदौको विहानका राती टिनले बेरेको आफ्नै घरमा सञ्चालन गरेको स्नुकर हाउसमा वान्तवाको हत्या भएको थियो। विहान करिव २ बजे घट्नाको सूचना पाएको प्रहरी पुग्दा बान्तवा रगताम्मे अवस्थामा स्नुकर रुमको सोफामा पल्टिरहेका थिए।

उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा पुुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। रूपक आमा र छोरासँग बस्दै आएका थिए। उनकी श्रीमती विदेशमा छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट