पतिको आवश्यक्ता घरबाहिर पूरा गर्न खोज्दा निर्मलाका आमाछोराको हत्या, यस्तो छ विवाहित प्रेमीको बयान

विराटनगर– दुई वर्षअघि पति दोस्रो विवाह गरेर भारत भासिएपछि आफु पनि विवाह गरेर घर बसाउन खोज्दा उदयपुरको कटारीकी निर्मला थापा र उनका छोरा आरुष मारिएको खुलेको छ।
आमाछोराको हत्या आरोपमा पक्राउ परेका छिमेकी ताराबहादुर थापा मगरले विवाह गर्न दबाब दिएपछि निर्मलाको हत्या गर्नु परेको बयान दिएका छन्। घट्नाको समयमा रुन थालेपछि छोरा आरुष पनि मारिएको उनको भनाई छ।
उदयपुरको कटारी नगरपालिका– १०, सोरुङछबीसेमा पसल गरेर बसेकी ४० वर्षीया निर्मला र उनका छोरा ६ वर्षीय आरुषको १९ भदौको राती हत्या भएको थियो। प्रहरीका अनुसार बोलेरो चालक ताराबहादुर र निर्मला अवैध सम्वन्धमा थिए।
तारावहादुरले प्रहरीलाई दिएको वयान अनुसार निर्मलाले पछिल्लो समय विवाह गर्न दबाव दिँदै आएकी थिईन। तर, घरमा श्रीमती भएका कारण तारा अर्को विवाह गर्ने मनस्थितीमा थिएनन्। उनले सम्वन्धलाई कायम राख्ने तर विवाह नगर्ने जवाफ निर्मलालाई दिएका थिए। निर्मला उनको कुरा मान्न तयार नभएपछि घट्ना भएको खुलेको छ।
विवाह गर्ने÷नगर्ने विषयमा विवाद हुन थालेपछि तारावहादुरले निर्मलाको हत्या गर्ने योजना बनाएका थिए। घट्ना भएको दिन उनले घरबाट नै खुकुरी लिएर गएको पाईएको छ। निर्मलामाथि खुकुरी प्रहार गरेपछि सुतिरहेका छोरा आरुस उठेर कराए।
आरुष कराएपछि उनलाई पनि खुकुरी प्रहार गरी हत्या गरेको थापामगरले स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनास्थल नजिकैको खोलामा निर्मलाको मोबाइल र धोएर सुकाएको मगरको हाफपाइन्ट भेटिएपछि सोही आधारमा अनुसन्धान गर्दा उनी पक्राउ परेका हुन।