ड्रग्स सेवन गरी पालै पालो बलात्कार, दोहोर्‍यान खोज्दा नाईनास्ती गरेपछि कुटपिट गरी किशोरीको हत्या

काठमाण्डौं– कैलालीको धनगढी उपमहानगरपालिका–६ सरस्वती सामुदायिक वनमा करिब १० महिनाअघि मृत फेला परेकी डडेल्धुराको अमरगढी नगरपालिका–२ की ३१ वर्षीय बिमा थापा मगर (मुस्कान)को बलात्कारपछि हत्या भएको खुलासा भएको छ।

बलात्कार र हत्याको आरोपमा २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टका अनुसार धनगढी उपमहानगरपालिका– ५ का २५ वर्षीय सञ्जिव चौधरी र सोही ठाउँका ३१ वर्षीय जनक देउवा पक्राउ परेका हुन्। उनीहरुले अपराध स्विकार गरेका छन्।

प्रहरीका अनुसार मुस्कान धनगढी उपमहानगरपालिका–५ मै बस्थिन्। उनी अविवाहित थिइन्। सञ्जिव र जनक दुवै विवाहित हुन। घट्ना विवरण अनुसार २९ कात्तिक ०८० को बेलुका सञ्जिव र जनकले लागुऔषध सेवन गरेका थिए। त्यसपछि फोन गरेर मुस्कानलाई घरमा बोलाए। जनककी श्रीमती त्यस वेला पहाडतिर गएको खुलेको छ।

मुस्कान आएपछि सञ्जिव र जनकले पालैपालो उनीसँग शारीरिक सम्बन्ध राखे। सञ्जिवले दोस्रो पटक सम्बन्ध राख्न खोज्दा मुस्कान नमानेपछि उनले कुटपिट गरे। कुटपिटकै क्रममा मुस्कानको मृत्यु भएको खुलेको छ। सञ्जिवले ‘नमानेपछि एक/दुई झापड हानेको’ वयान प्रहरीलाई दिएका छन्।

त्यसपछि उनीहरुले बिहान उज्यालो नहुँदै स्कुटरमा राखेर शव सामुदायिक वनमा फालेको खुलेको छ। ड्रग्स खाएर मरेको देखाउन मुस्कानको शव नजिकै खैरो हेरोइन र प्रिगाभा नामको ड्रग्स समेत छोडेको अनुसन्धानले देखाएको छ।

६ मंसिर ०८० मा मुस्कानको शव क्षतबिक्षत अवस्थामा भेटिएको थियो। २/३ दिनपछि कपडाका आधारमा उनको पहिचान खुल्यो। शव फेला परेको ४ दिनपछि (१० मंसिर ०८०) मुस्कानका बुवा खनबहादुर थापामगरले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए। प्रहरीले अनुसन्धान सुरु गरेपनि कुनै पनि ‘क्लु’ फेला पारेको थिएन।

यसै क्रममा गत वैशाखतिर मुस्कानको मोवाईल हराएको पत्ता लाग्यो। प्रहरीले त्यो मोवाईलाई निगरानी गरिरहेको थियो। २ महिनाअघि सीम कार्ड फेरेर मुस्कानको मोवाईल कसैले चलाउन थालेको प्रहरीले जानकारी पायो। अनुशन्धान गर्दै जाँदा उक्त मोबाइल सञ्जिवकी श्रीमती चाँदनीले चलाइरहेको फेला पर्यो। उनले ‘आफूलाई श्रीमानले दिएको’ बताईन। सञ्जिव भने भारतमा थिए।

प्रहरीले सञ्जिव र चाँदनीमाथि निगरानी गरिरहेको थियो। सञ्जिवले श्रीमतीलाई पनि भारत नै लान खोजेको प्रहरीले सुचना पायो। उनी शनिबार (५ असोज) राति चाँदनीलाई लिन गौरीफन्टा नाका आए। त्यसै वेला प्रहरीले उनलाई पक्राउ गर्यो। उनकै वयानका आधारमा जनक पनि पक्राउ परेका हुन। जनक आफनै कोठाबाट पक्राउ परेका हुन।

प्रहरीले दुवैलाई हिरासतमा राखेर थप अनुशन्धान गरिरहेको एसपी विष्टले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट