मोरङमा चट्याङ लागेर महिलाको मृत्यु, क्षतविक्षत अवस्थामा भेटियो शव

विराटनगर– मोरङमा मंगलबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। रंगेली नगरपालिका–९ की ४५ वर्षीया साक्रो हेमरनको चट्याङ लागेर मृत्यु भएको हो।

मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दिउँसो करिव साढे बजे वर्षासँगै परेको चट्याङले लागेर हेमरनको घटनास्थलमै मृत्यु भएको हो। खेतबाट घाँस काटेर फर्किने क्रममा उनलाई चट्याङ लागेको जनाईएको छ।

महिलाको शव क्षतविक्षत अवस्थामा फेला परेको डीएसपी बस्नेतले बताए। उनले ओढेको छाता पनि टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ भने छाताको डन्ठी पग्लिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट