गोरखाबाट काठमाडौं हिडेको बस ३६ घण्टादेखि वेपत्ता

काठमाडौँ– गोरखाबाट काठमाडौं हिडेको बस सम्पर्कविहिन भएको छ। ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको हो।

दरौँदी यातायात प्रा.लि.का अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार (११ असोज) बिहान उक्त बस गोरखाको धार्चे गाउँपालिकाको लापुवेसीबाट काठमाडौंका लागि छुटेको थियो। सोही दिन राति १० बजे खानीखोलामा पुगेपछि बस सम्पर्कविहिन भएको हो।

त्यस यता वसमा भएका कसैसँग पनि सम्पर्क नभएको उनले बताएका छन्। बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट