नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई पक्राउ गर्ने तयारी

काठमाडौँ– नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई पक्राउ गर्न लागिएको चर्चा चलेपछि राजधानीमा माहौल गर्माएको छ। बारले आकस्मिक पत्रकार सम्मेलनको आयोजना पनि गरेको छ।

अदालतको मानहानि गरेको भन्दै सर्वोच्च अदालतले मुद्दा दर्ता गर्ने तयारी गरिरहेका वेला पक्राउ गर्न खोजिएको विषयले बारले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको हो।

बारका महासचिव अञ्जिता खनालले साँझ ५ बजे आकस्मिक पत्रकार सम्मेलन गर्न लागिएको वताईन। अध्यक्षज्यूलाई पक्राउ गर्न मुचुल्का उठाइँदै गरिएको कुरा आएकाले आकस्मिक रुपमा अघि वढ्नु पर्ने अवस्था आएको उनको भनाई छ।

यता, सर्वोच्च अदालत प्रशासनले अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको बताए।

न्यायाधीश नियुक्तिका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतविरुद्ध अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेकाले सोमबार नै मुद्दा दर्ता हुने उनले जानकारी दिए।

घिमिरेले भने बारले पटकपटक उठाएका विषय सम्बोधन नगरी प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेकोमा आफूले विरोध जनाएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट