कसैको प्यादा बनेर बार अध्यक्ष विरुद्ध प्रतिवेदन बनाएको सर्वोच्चका उपरजिस्ट्रार घिमिरेको स्विकारोक्ति

काठमाडौँ– नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले आफु कसैको प्यादा वनेको आसय ब्यक्त गर्दै त्यो प्रतिवेदन फिर्ता लिने घोषणा गरेका छन्।
बुधवार मध्यराती सामाजिक सञ्जालमा आफना भनाई राख्दै उनले अब आफू कसैको प्यादा नबन्ने बताएका छन्। उनको आसय ‘प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको दबाबमा बारअध्यक्षविरुद्ध अवहेलना मुद्दा दर्ता गराउनु परेको’ देखिएको छ।
उनले अदालत खुले लगत्तै आफ्नो भनाइसहित प्रतिवेदन फिर्ताको निवेदन दिने घोषणा पनि गरेका छन्। प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ लगत्तै बुधवार नै सामाजिक सञ्जालबाट ३६४ दिन कसैको प्यादा बनियो १ दिन स्वतन्त्र भइन्छ भन्ने प्रधानन्यायाधीश श्रेष्ठको शासनबाट मुक्ति पाएको बताएका थिए।
प्रधानन्यायाधीश श्रेष्ठका अनियमित र गैरसंवैधानिक गतिविधिको आलोचना गरेबापत अध्यक्ष घिमिरेमाथि अपहेलनाको मुद्दा चलाएको बारको ठहर छ। उक्त मुद्दाको पेसी कार्तिक १ गते तोकिएको छ।