सुनसरीमा नक्कली नोटको बण्डल र लागु औषधसहित सहित एक महिला पक्राउ

इटहरी– सुनसरीमा प्रहरीले नक्कली नोटको वण्डलसहित एक महिलालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका–७ की ३१ वर्षीया हजरुल खातुनलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो।
शंकाका आधारमा घर खानतलासी गर्दा ओछ्यानमुनी लुकाएर राखेको १ हजार दरका ५० वटा नोट र लागु औषध फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नाईट्रोसन (लागु औषध) १ सय चक्कीसमेत बरामद भएको हो।
खातुनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखि अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया