अपराधिक समुहसँग मिलेर फिरौती असुल्ने इन्स्पेक्टर शाही विरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि मुद्दा चलाउन सिफारिस भएको छ।
हनी ट्रयापमा पारेर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप लागेपछि निलम्वनमा परेकी शाहीको विषयमा छानविन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
उक्त समितिले सोमबार परिसर प्रमुख एसएसपी शेखर खनालसमक्ष प्रतिवेदन पेश गरेको थियो। समितिले इन्स्पेक्टर शाहीले कार्यालयमै बोलाएर लेनदेन गराउनमा भूमिका खेलेको भन्दै मुद्दा चलाउनुपर्ने आधार देखिएको जनाएको छ।
बलात्कारको मुद्दामा फसाउने भन्दै प्रहरीको दुरूपयोग गरी लेनदेन भएको खुलेको हो। यो घटना बाहिरिएपछि इन्स्पेक्टर शाहीलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको थियो। परिसरले यस घटनामा थप केही ब्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखि अनुसन्धान गरिरहेको छ।
यो पनि,
- रक्षक नै भक्षकः प्रहरीको आवरणमा अपराध कर्ममा लागेकी इन्स्पेक्टर बिनु शाही निलम्बित
- जग्गा व्यापारीलाई ‘हनिट्रयाप’ मा पारी इन्स्पेक्टर बिनु शाहीसँग मिलेर पैसा अशुल्ने थप एक महिला पक्राउ
- आपराधिसँग मिलेर पैसा कमाउने इन्स्पेक्टर जिम्मेवारी मुक्त, अनुशन्धानका लागि मोवाईल खोसियो
- फेसबुकमा लेखेको आरोपमा कञ्चनपुरका दुई जना पत्रकार पक्राउ