जंगली हात्तीको आक्रमणमा चुलाचुलीका ७३ वर्षीय बृद्धको मृत्यु

दमक– इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी सोमबार राति एक जना बृद्धको मृत्यु भएको छ।
राती करिव साढे ९ बजे घर नजिकैको धानबारीमा आएको हात्ती खेदाउने क्रममा चुलाचुली गाउँपालिका–१ का ७३ वर्षीय राजकुमार राईलाई हात्तीले आक्रमण गरेको थियो।
गम्भीर घाइते भएको उनलाई उपचारको लागि झापाको दमक स्थित लाइफ लाइन अस्पताल पु¥याईए पनि राति करिव पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया