ट्रुकलरमा सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिने विराटनगरका हेमकुमार पक्राउ

काठमाडौँ— नेपाल प्रहरीको कन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) का प्रमुखको नाम र फोटो दुरुपयोग गरी विभिन्न व्यक्तिलाई धम्की दिएको आरोपमा मोरङको विराटनगर महानगरपालिका–१ ठूलो मिलचोकका हेमकुमार खड्का (३०) पक्राउ परेका छन्।

ब्यूरोको कर्मचारी हुँ भन्दै फोन गरेर धाकधम्की दिने गरेको सूचनापछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनलाई सीआईबीले ठूलो मिलचोकबाटै मंगलबार पक्राउ गरेको हो।

विभिन्न वित्तीय संस्थालाई धम्की दिएका खड्काले मोबाइलको कलर आईडीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको नाम र फोटो प्रयोग गरी फोन गर्ने गरेको एसपी बोगटीले बताएका छन्।

पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको छ। उनको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट