तुलसीपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३ जनाको अवस्था गम्भिर

काठमाडौँ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रा१ज ८२२ नम्वरको बोलेरो पिकअफ दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका–४ बैबाङका हिरामणि बुढा (२२) र सल्यान कपुरकोट गाउँपालिका–६ का सुरेश खड्का (१९) को मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार बिहान करिब साढे तीन बजेतिर जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका–६ का देवा वली (३१), उनका छोराहरु महेश (१३) र जीवन (१०) घाईते छन्। उनीहरुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

प्रहरीका अनुसार सल्यानबाट तुलसीपुर जाँदै गरेको गाडी तीन सय मिटर तल खसेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट