ब्राउनसुगर विक्री गर्ने २ सहायक हवल्दार पक्राउ, घट्ना लुकाउन चलखेल

काठमाडौँ– नेपाल प्रहरीका २ जना सहायक हवल्दार व्राउन सुगरसहित पक्राउ परेपछि प्रहरी वृत्तममा हलचल मच्चिएको छ। तर यो घट्नालाई गुपचुप राख्ने प्रयास भईरहेको पाईएको छ।

प्रहरी उच्च स्रोतका अनुसार सहायक हवल्दार द्वय कालिमाटी वृत्तमा कार्यरत रमेश खटिक र जिल्ला प्रहरी कार्यालय दाङमा दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौँमा काजमा रहेका कलिम बेहना ब्राउनसुगरसहित पक्राउ परेका हुन।

१० कात्तिकमा काठमाडौं प्रहरी परिसरको ४ ग्राम व्राउन सुगरसहित पक्राउ गरेको थियो। प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीहरुको साथमा अझै ठुलो परिमाणमा लागू औषध हुन सक्ने आशंकामा मोबाइलसमेत जफत गरेर अनुसन्धान भईरहेको प्रहरी स्रोत बताउँछ।

स्रोतका अनुसार खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो। उनको वयानका आधारमा कलिम पनि पक्राउ परेका हुन। खटिकले आफूलाई कलिमले बेच्न लगाएको बताएका थिए।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले लागु औषधसहित केही व्यक्ति पक्राउ परेको बताउँदै प्रहरी हुन वा पब्लिक हुन् भन्ने खुलाउन नमिल्ने जानकारी दिए। निरीक्षणालयमा कार्यरत एसपी प्रकाश मल्लनिकट मानिने वेहना प्रायः उनकै आसपासको कार्यक्षेत्रमा देखिन्छन्। मल्ल इन्सपेक्टर हुँदा दाङ बसेदेखि नै उनीहरूको सम्बन्ध जोडिएको हो। मल्ल धादिङ प्रहरी प्रमुख हुँदा बेहनालाई उतै लगेर घुमुवा रोखेका थिए।

दुवैजनाको घर बाँके नै जिल्ला हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट