रौतहटमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौँ– सशस्त्र प्रहरीले रौतहटमा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्रको बेलविछवा बीओपीको टोलीले सोमबार दिउँसो राजेश सिंह (४२) लाई राजदेवी नगरपालिका–९ ब्रहमपुरीस्थित भिनाजु नाता पर्ने सञ्जिव सिंहको पसलबाट पक्राउ गरेको हो।
उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद भएको प्रहरीले जनाएको छ। सशस्त्रले उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ।
प्रतिक्रिया