हिजैदेखि नजरवन्दमा थिए निवर्तमानमन्त्री अधिकारी, घरमा खटाईएको थियो सादा पोशाकका प्रहरी

विराटनगर– मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले हिजै देखि नजरवन्दमा राखेको खुलेको छ।

अधिकारीलाई औपचारिक रुपमा आज नियन्त्रणमा लिएपनि उनी हिजैदेखि सादा पोशाकका प्रहरीको नियन्त्रणमा थिए। जिल्ला अदालत, काठमाडौँले आज पक्राउ अनुमति दिएपछि मात्रै उनलाई औपचारिक रुपमा पक्राउ गरिएको हो।

उनलाई साँझदेखि नै प्रहरीले घरमै नजरवन्दमा राखेको स्रोतले जनाएको छ। अधिकारीलाई आज मोरङका एसपी नारायण प्रसाद चिमरियाको नेतृत्वमा खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौँ पठाईएको छ।

प्रहरी नियन्त्रणमा रहेकै बेला पूर्वमन्त्री अधिकारीले अनुसन्धानमा सहयोग पुर्याउनु काठमाडौँ हिडेको प्रतिक्रिया दिएका छन्। ‘प्रहरीलाई सहयोग पुर्याउनुपर्छ। कानुनलाई सहयोग पुर्याउनु मेरो दायित्व हो, कर्तब्य हो। सत्यतथ्य अनुसन्धानमा खुल्छ।’– उनले भने।

यो प्रकरणमा यसअघि नै ६ जनालाई काठमाडौँ प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट