अंश विवादमा हँसिया र आग्लोले हानेर बुबाको हत्या, जंगलमा लुकेका छोरा २ सातापछि पक्राउ

काठमाडौँ— अंश विवादमा हँसियाले प्रहार गरी बुबाको हत्या गरेर भागेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, धारापानीका रामलाल श्रेष्ठ (४४) पक्राउ परेका छन्।

धारापानीको पुजारी थुम्का बस्ने बुबा बलबहादुर श्रेष्ठ (७४) को हत्या गरेको आरोपमा रामलाल पक्राउ परेका हुन। घट्नापछि फरार रहेका उनलाई घर नजिकै रहेको ढोडेनी वनमा लुकेर बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरीले नाएको छ।

प्रहरीका अनुसार ८ कात्तिकमा बलबहादुर र जेठा छोरा रामलालबीच अंशका विषयमा विवाद भएको थियो। विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए। त्यसपछि हँसिया र फलामको आग्लो प्रहार गर्दै घाँटी थिचेर हत्या गरेका थिए।

उनलाई आईतबार जिल्ला अदालतमा उपस्थित गराई ७ दिन हिरासतमा राख्ने म्याद लिएर घट्नाको विषयमा अनुशन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर गोलेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट