तुलसीपुर जाँदै गरेको बस विजौरीमा दुर्घटना, घाईते २१ मध्ये ३ जना गम्भिर

काठमाडौँ– घोराहीबाट तुलसीपुर जाँदै गरेको बस शुक्रबार विहान बिजौरी दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। ३ जना गम्भीर छन्।
रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सड़क अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीको डाँडागाउँनजिकै दुर्घटना भएको हो। बसमा सवार २१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी हेमन्तपुरका अनुसार घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। बस चालक घोराही–१० का मनोज चौधरी फरार छन। बस सडकदेखि तीन मिटर तल खसेको जनाइएको छ।
प्रतिक्रिया