डाकनेश्वरी १ का नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ, २ जनाको हत्या गरेको आरोप

राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह पदभार ग्रहण गर्न नपाउँदै हत्या आरोपमा पक्राउ परेका छन्।

१६ मंसिरमा सम्पन्न उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित साहले प्रहरीले विहिबार पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको छ। साहलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

डाकनेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि छ। अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो। एसपी खतिवडाले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका उपनिर्वाचनमा ६ सय ५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट