विद्यालयमा नाच्दानाच्दै बेहोस भएर ढलेकी १४ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ– लमजुङको बेँसीसहरस्थित एक निजी विद्यालयमा नाच्ने क्रममा बेहोस भएर ढलेकी बालिकाको मृत्यु भएको छ।
बेँसीसहर नगरपालिका–७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालिका बिन्ती तामाङको आज दिउँसो मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनी दोर्दी गाउँपालिका–८ का ओमबहादुर तामाङकी छोरी हुन। आगामी २४ पुसमा हुन लागेको प्याब्सनको कार्यक्रमका लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा उनी अचानक वेहोस भएर ढलेकी थिईन।
उनलाई उपचारका लागि लमजुङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी निशान्त श्रीवास्तवले वताए। मृत्युको कारण भने खुलिसकेको छैन।
प्रतिक्रिया